महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको अबसरमा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान गरेको छ ।

हालै बंगलादेशमा सम्पन्न भएको एशियन सेन्ट्रल जोन सिनियर वुमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहँदै आएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायत पदाधिकारी को उपस्थिती रहेको थियो ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार १२:२४