८ करोडको आइपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

८ करोडको आइपिओ आउँदै



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने तयारी थालेको छ । जसका लागि बैंकले यही मंसिर २९ गते आइतबार बेलुका ४ बजे र्याडिसन होटलमा प्रथम साधारणसभा बोलाएको छ ।


साधारणसभाले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी संचालक समितिको निर्णय बमोजिम बैंकको जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशत सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ८ करोड सर्वसाधारणलाई निश्कासन आइपिओ गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरी पारित गर्ने ।


साथै, आइपिओ निश्कासन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने लगायतको प्रस्तामाथि छलफल गरी पारित गर्नेछ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार ११:३२