सनराइज बैंकको इनरुवामा १२४औं शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको इनरुवामा १२४औं शाखा बिस्तार



काठमाडौ। आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सप्तरी स्थित इनरmवामा १२४औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो भने इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा ए.टि.एम को उद्घाटन गर्नुेभएको थियो।


उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो। सोही उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाउनु भयो ।


हालसम्म सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : १ मंसिर २०७६, आईतवार २१:२२