लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब मूल्य बराबरको १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । कुल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गरेको छ ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार २०:४१ 17 November, 2019 8:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।