सनराइज बैंकको भजनीमा शाखा तथा दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको भजनीमा शाखा तथा दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर बिस्तार



काठमाडौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कैलाली स्थित भजनीमा १२३ औँ शाखा संचालनमा ल्याएको छ ।

बिहिबार आयोजित उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। सोहिदिन बैकले भक्तपुर स्थित दधिकोटमा ७ औं तथा काठमाडौं स्थित धापासीमा ८ औं एक्सटेन्सन काउण्टरहरm पनि विस्तार गरेको छ ।


हालसम्म सनराइज बैंकले १२३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४४ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरुसंचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार २०:१२