सानिमा कर्जा म्यादि बीमा योजना शुभारम्भ ,यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा कर्जा म्यादि बीमा योजना शुभारम्भ ,यस्ता छन् विशेषता



लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले यस कम्पनीले जन समक्ष “सानिमा कर्जा म्यादि बीमा योजना” प्रस्तुत गरेको छ ।

यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाइ तिरिदिइ परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ ।

यस वीमा योजनाका विशेषताहरु ः–
न्युनतम प्रवेश उमेर ः १६ बर्ष
अधिकतम प्रवेश उमेर ः ६९ बर्ष
न्युनतम बीमाङ्क ः रु ५,००० (पाँच हजार)
अधिकतम बीमाङ्क ः रु १०,००,००० (दश लाख)
भुक्तानी पाउने अवस्थाहरु (लाभहरु) ः–
कालगति मृत्यु लाभ ः ऋण रकम बराबर
दुर्घटना मृत्यु लाभ ः ऋंंण रकमको २०% देखि २००% सम्म
दुर्घटना पूर्ण स्थाई अशक्तता ः ऋण रकमको २०% देखि २००% सम्म
काजक्रिया खर्च ः ऋण रकमको ५% देखि ३०% सम्म वा रु. ३०,००० जुन कम हुन्छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार ११:०६