प्रभु बैंकको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । प्रभु बैंकको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता भाउ २३०.१७ पैसा कायम भएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर प्रभुको कारोबार खुलेको हो ।

मंसिर ६ गते साधारण सभा बोलाएको यो बैंकले मंगलबार (कात्तिक २६ गते) बुक क्लोज गरेको छ । सोमबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नेछन् ।

प्रभुले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अपरान्ह २ बजे सुरु हुनेछ ।

यसैगरी, सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले संस्थापक हिस्सा ५५ प्रतिशत बाट घटाएर ५१ प्रतिशत बनाउन लागेको हो ।

यता, प्रभुले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी खोल्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि लैजानेछ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा त्यस सम्बन्धी सम्पूर्ण कामको अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार १३:१०