युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर लिलाम गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता शेयर लिलाम गर्ने



काठमाडाै । युनाइटेड इन्स्योरेन्सले ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ५ लाख ८४ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले भदौ ३ गतेदेखि असोज २३ सम्म १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमा रित पुर्वक आवेदन दिने ५४ सय ५० जनालाई ६७ लाख ५९ हजार ५ सय १६ कित्ता शेयर बाँडफांड गरिएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । बाँकि शेयर लिलाम हुने भएको हो ।

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले हकप्रद निष्काशन गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार १२:०८