महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले महालक्ष्मीले प्रस्ताव गरेको ८ प्रतिशत बोनसपछिको शेयर शेयरमूल्य समायोजन गरेको हो । समायोजनपछि बैककोे शेयर मूल्य १९५.३७ रुपैयाँ तोकिएको छ । त्यस्तै मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन भएको हो । मायोजनपछि कम्पनीको मूल्य ४३२.३१ कायम भएको छ ।

समायोजित मूल्यलाई आधार मानेर बुधबार दुबै कम्पनीको शेयर कारोबार खुलेको छ ।

दुवै कम्पनीको बार्षिक साधारण सभा कात्तिक २९ गते हुँदैछ । साधारणसभा प्रयोजनको लागि यी कम्पनीले कार्तिक २० गते बुक क्लोज गरेका हुन् । जस अनुसार कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार १४:४६