सनराईज बैंकको आजदेखि ऋणपत्र निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराईज बैंकको आजदेखि ऋणपत्र निष्काशन



काठमाडाै । सनराईज बैंकले कार्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार अंकित दरको ३ अर्ब रकम बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सात वर्ष भुक्तानी अवधि भएको यस ऋणपत्रमा अर्धवार्षिक रुपमा भुक्तानी हुने गरि वार्षिक १०.२५ प्रतिशत व्याज दिईने बैंकले जनाएको छ। ३० लाख इकाई मध्ये १२ लाख कित्ता सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन को माध्यमबाट बिक्रि गरिने बाँकि १८ लाख कित्ता परिपत्र विधिबाट बिक्रि गरिने बैंकले जनाएको छ ।

ऋणपत्रमा चाडोंमा २४ गतेसम्म र ढिलोमा मंगसिर १९ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ऋणपत्रले न्युन कर्जा जोखिम जनाउने केयर एनपी ए रेटिङ पाएको छ। यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार ०८:०९