चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने



काठमाडाै । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको कार्तिक १८ गते सम्पन्न ३६४ औं बैठकले प्रतिशत २० बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार १२:२१