कति खर्च गर्न पाउँछन उपचुनावमा उम्मेदवारले ? यस्तो छ खर्चको सिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कति खर्च गर्न पाउँछन उपचुनावमा उम्मेदवारले ? यस्तो छ खर्चको सिमा



काठमाडाै । आउँदो मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा तथा विभिन्न पालिकामा रिक्त रहेका पदका लागि उपचुनाव हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि चुनावका दिनसम्मको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । दलहरु पनि रिक्त रहेका स्थानमा आफ्नो तर्फबाट उठाउने उम्मेदवार चयन गर्ने प्रक्रियामा छन् ।

केही ठाउँमा उम्मेदवार टुंगो लगाउने अन्तिम तयारी दलहरुले गरिरहेका छन् । केही ठाउँमा भने उम्मेदवारको नाम सिफारिस भैसकेको छ । चुनाव प्रचारका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख, प्रदेशसभा सदस्यले १५ लाख तथा उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने गरी खर्च सीमा निर्धारण गरिएको छ ।

आयोगका अनुसार उपनगरपालिकाको वडाध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार र वडाध्यक्षका लागि १ लाख ५० हजार रुपैयाँ चुनाव प्रचारका लागि खर्चको सीमा निर्धारण गरिएको छ ।

उप-चुनावको सन्दर्भमा निर्वाचन आचारसंहिता यही कात्तिक ८ गतेबाट लागू भइसकेको छ ।

प्रकाशित : 3 November, 2019 3:04 pm