सांग्रिला डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश



काठमाडाै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १६ वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको १५ औं वर्ष सफलताका साथ पार गरेको जनाएको छ । बैंकले गत बिहीबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी १६ औं वर्षमा प्रवेश गरेको जानकारी दिएको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान–जीवनदान” भन्ने नारा सहित शनिबार रक्तदान कार्यक्रम गर्ने जनाएको छ । हाल बैंकले ८७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ११:४०