गरिमा विकास बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको २३४ औं बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५÷७६ को सन्चित मुनाफबाट हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये १६.१५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको बैंकले जनाएको छ । बैंकको आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैकको स्वीकृती पछि लाभांश वितरणको बाटो खुल्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्व ७८ करोड ८३ लाख ६७ हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ११:३६