यी हुन गलत सुचना दिदा कराेडाैँ जरिवाना सहित कारबाही भोग्ने बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी हुन गलत सुचना दिदा कराेडाैँ जरिवाना सहित कारबाही भोग्ने बैंक



एजेन्सी । रिजर्व बैंक अफ इंडिया (आरबीआई)ले भारतका केहि बैंकहरुलाई कारबाही गरेको छ । (आरबीआई)ले पुणेको जनता सहकारी बैंक, जलगांव पीपुल्स कोअपरेटिभ बैंकलाई जरिवना सहित कारबाही गरेको हो ।

रिजर्व बैंकले जनता सहकारी बैंकलाई १ करोड भारु जरिवना र जलगांव पीपुल्स को-अपरेटिभ बैंक)लाई २५ लाख भारु जरिवना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिजर्व बैंक अफ इंडिया (आरबीआई)ले जारी गरेका निर्देशनको पालना नगरेका कारले कारबाही गरिएको आरबीआईले जनाएको छ ।

महाराष्ट्रको पञ्जाब एण्ड महाराष्ट्र को-अपरेटिभ बैंक(पीएमसी)का खातावालाले मुम्बई स्थित भारतीय रिजर्व बैंक(आइबीआए)को बाहिर विरोध प्रदर्शन गरेका थिए । पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिव (पीएमसी) बैंकका खातावालाहरु आफ्नो रकम बैंकमा कैद भएपछि विरोधमा उत्रेका थिए ।

पीएमसी बैंकको व्यबस्थापनले आरबीआईलाई बैंकको खराब कर्जा र ऋणीको गलत विवरण बुझाएको आरोप लागेको छ । आरबीआईलाई गलत सूचना पेश गरेको कारण आइबीआईले बैैकका सयौं खातावालको खाता नै बन्द गरिदिएको छ ।

प्रकाशित : १३ कार्तिक २०७६, बुधबार ०८:२९