राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच भूकम्प पीडितलाई सहयोग गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच भूकम्प पीडितलाई सहयोग गर्ने सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम एक्सिस टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्प पीडितहरुलाई सहुलियतपूर्ण कर्जामा सहयकार्य गर्ने सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालकले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


उक्त सम्झौतापछि २०७२ सालको भूकम्पले क्षति पुर्याएका धादिङका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगारपालिकाका नगरहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भूकम्प पीडित घर कर्जा लगानी गर्ने जनाएको छ ।


सम्झौतापत्रमा हस्ताक्षर पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी बैंकले भूकम्प पीडितहरुलाई सहुलियत रुपमा कर्जा लगानी गर्ने बताए । त्यस्तै सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर दाहालकले यो सम्झौताले भूकम्प पछिको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्नेमा आशावादी भएको जनाकारी दिए ।

त्यस्तै प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षा कोषको भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत् गर्नको लागि वित्तीय साक्षरता कार्यक्राम संचालन गर्ने जानकारी दिइएको छ ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १५:३१