सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम



काठमाडाै । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।

बैंकले कार्तिक १५ गते नक्साल स्थिति नक्साल ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने भएका छन् । बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई २०७६ असार मसान्तसम्मको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभंश वितरण गर्ने प्रस्ताव गरेको ।

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १०:३६