निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ



संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट महरालाई पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी सभामुख निवास वालुवाटार पुगेका थिए ।

कर्मचारी रोशनी शाहीले अस्ती शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिएकि थिईन । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधी‍श ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । पीडित भनिएकी कर्मचारी रोशनी शाहीको यसअघि नै स्वास्थ्य परिक्षण गरिसकिएको छ भने घटनास्थलमा भेटिएका सामग्रीको परीक्षण गर्न फरेन्सिक ल्याब लगिएको प्रहरीले जनाएको छ ।

महरालाई पक्राउपछि बलात्कार र महिला हिंसाबारे अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ ।

प्रकाशित : १९ आश्विन २०७६, आईतवार १९:२४