सिर्जना फाइनान्सको आज देखि हकप्रद बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिर्जना फाइनान्सको आज देखि हकप्रद बिक्रि खुला



काठमाडाै । सिर्जना फाइनान्सले आज असोज १७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो । भदौ १९ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

लगानीकर्ताले कार्तिक २१ गतेसम्म हकप्रद भर्न सक्ने छन्।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:५१