ग्लोबल आइएमई क्यापिटलले १६ दशमलव ८४ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई क्यापिटलले १६ दशमलव ८४ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा कार्तिक ८ गते हुने भएको छ । कम्पनीले शेयरधनीका लागि चुक्तापुँजीको १६ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको प्रतिवेदन पारित, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, ‘क’ वर्गका संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार २१:३९