नेपाल बैकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले लिए पद तथा गोपनियताको सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले लिए पद तथा गोपनियताको सपथ



काठमाडाै । नेपाल बैकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही गर्ने बताए । उनले सबैको विश्वासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृध्दिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिंग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवध्दता प्रकट गरे ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार १३:५८