ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले २५.५% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२.५% बोनस र १२.५% नगद गरी कुल २५.५% लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने ग्लोबलले जनाएको छ । 

बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै,  सोही बराबरको रकम नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६% बोनस सेयर वितरण गरेको थियो । 

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १२:१७