ज्योति लाईफ इन्स्योरेन्सले आइपीअो ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

ज्योति लाईफ इन्स्योरेन्सले आइपीअो ल्याउने



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी भएको छ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभाले विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको हो । कम्पनीको दोश्रो वार्षिक साधारणसभा आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा, कास्कीमो नन्द किशोर शर्माको सभापतित्वमा भएको हो । 

सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार १५:४२