नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । अधिकारी खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको थियो । ति मध्येबाट प्रमुख कार्यकारी अधिकृतको अन्तिम छनौटमा अधिकारी, शंकर कुमार रायमाझी र शेषरमण आचार्य परेका थिए । सञ्चालक समिति बैठकले तीन जना मध्येबाट अधिकारीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंकमा व्यवसायीक व्यक्तिलाई प्रमुख कार्यकारी बनाउन भन्दै छनौट समिति नै गठन गरिएको थियो । नेपाल बैंक नेपालको पहिलो बैंक हो ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार ११:०७