कालिका लघुवित्तले लाभांश घोषणा गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तले लाभांश घोषणा गर्यो



काठमाडाै । कालिका लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार १० बसेको संचालक समितिको बैठकले लगानीकर्तालाइ आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १२ प्रतिशतले हुन् आउने १ करोड २९ लाख ६० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ६ लाख ८२ हजार १ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार १०:५७