सूर्या लाइफ इन्स्योरेन्स हकप्रद छुट्ला है « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्स हकप्रद छुट्ला है



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ८ गतेदेखि निष्काशन गरेको ७० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आइतबार (असोज १२ गते) अन्तिम दिन हो । कम्पनीले २ अर्ब चुक्तापूँजी पुर्‍याउन १० बराबर ७ को अनुपातमा कम्पनीले ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

हकप्रद प्रयोजनका लागि साउन २९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन २८ गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस रेटिङले औषतभन्दा कमजोर आधार भएको जनाउँछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ । यो हकप्रद पश्चात २ अर्ब १५ करोड ५१ लाख ३७ हजार पुग्नेछ । कम्पनीको हकप्रद विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार १८:३५