ज्योति लाईफ इन्स्योरेन्स एजेन्सी अवार्ड्स नाईट, ‘ज्योति थ्री–२० धन बहार’ जीवन बिमा योजना शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति लाईफ इन्स्योरेन्स एजेन्सी अवार्ड्स नाईट, ‘ज्योति थ्री–२० धन बहार’ जीवन बिमा योजना शुभारम्भ



काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आ.व. २०७५/७६ मा उत्कृष्ट व्यवसाय गर्ने देशभरिका अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करण २०७६ भव्यताका साथ सम्पन्न गरेको छ ।

दरबारमार्ग काठमाडौं स्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनी संचालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

क्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा, ब्राण्ड एम्बेसडर राजेश हमाल, संचालक जयन्त कुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्री द्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाइ सम्मानपत्र तथा विभिन्न विधाका अवार्डहरु हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा कम्पनीले ‘ज्योति थ्री–२० धन बहार’ नयाँ जीवन बिमा योजनाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त बिमा योजना अन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लागि बिमा योजना खरिद गर्न सकिनेछ ।

बिमितले बिमा अवधि भित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बिमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बिमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् जसबाट योजना अवधिभरमा र योजना अवधि पश्चात समेत २० वर्ष सम्म जोखिम बहन तथा नियमित धनबहार सुनिश्चत गरिएको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ११:४७