समता लघुवित्तले ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समता लघुवित्तले ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने



काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको असोज ९ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ दशमलव ५८ प्रतिशत लाभांश दिने भएको हो ।


कम्पनीले निर्णय गरेपनि लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेमा प्राप्त गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार छ । गत आवमा कम्पनीले रू. २५ करोड ७ लाख ९७ हजार खुद नाफा गरेको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ११:१८