आशा लघुवित्तको साधारणसभा कार्तिक ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवित्तको साधारणसभा कार्तिक ७ गते



आशा लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ७ गते नुवाकोटको फल एण्ड ट्राउट भिलेज होटेलमा सभा आह्वान गरेको हो ।

सभामा लाबहंश लगायतका ९ वटा प्रस्ताव पेश हुने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछी शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । गत आर्थिक वर्षमा आइपीओ निष्कासन गरेर २० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको बोनश शेयर पश्चात २३ करोड २२ लाख ८८ हजार पुग्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले असोज १५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

सभामा २ जना संचालकको निर्वाचन गर्ने, मर्जरको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

प्रकाशित : ९ आश्विन २०७६, बिहीबार ११:३०