एनआईसी एशिया बैंक र जापानको ओके रेमिटबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंक र जापानको ओके रेमिटबीच सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक र जापानको ओके रेमिटबीच सम्झौता भएको छ । ओके रेमिट जापानको सहकार्यमा ईनवार्ड रेमिट्यान्स सेवा सुरु गर्नेगरी उक्त कम्पनीसँग बैंकले सम्झौता गरेको हो ।

मंगलबारदेखि बैंकले उक्त रेमिटको सहकार्यमा जापानबाट रेमिट्यान्स गर्न सकिने गरी सेवा सुरुवात गरेको छ ।

सम्झौता अनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।

यस्तै बैंकले दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा सञ्चालनमा ल्याएको छ ।

सोमबार देखि बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १३ स्थित बाझापाटन शाखा र वीरगञ्ज महानगपालिका वडा नं १३ स्थित पावरहाउस चोक शाखाको उद्घाटन गरेको हो ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १४:१६