समता माइक्रोफाइनान्सले असोज २६ गतेदेखि हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

समता माइक्रोफाइनान्सले असोज २६ गतेदेखि हकप्रद निष्काशन गर्ने



काठमाडाै । समता माइक्रोफाइनान्सले असोज २६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

लगानीकर्ताले मंगसिर १ गतेसम्म हकप्रद भर्न सक्ने छन्। शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा आज भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने भएका हुन्।

हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १४:००