सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपियाँ लुटियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपियाँ लुटियो



काठमाडाैं । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपियाँ लुटिएको छ ।

प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको हो ।

तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको छ । घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले बताए ।

ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिए ।

यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १२:५५