काठमाडौं । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङले उद्घाटन गरेका छिन् ।
प्रभु बैंकले गत आवमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Comment