सगरमाथा सेक्युरिटिज निलम्बन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

सगरमाथा सेक्युरिटिज निलम्बन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सगरमाथा सेक्युरिटिजलाई निलम्बन गरेको छ ।नेप्सेका अनुसार सगरमाथाले धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई)मा भएको व्यवस्था विपरित कार्य गरेको भन्दै मंगलबारको लागि मात्रै सदस्यताबाट निलम्बन गरेको जनाएको छ ।यो सँगै मंगलबार (६ गते) उक्त ब्रोकरले सेयर कारोबार गर्न नपाउने भएको छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार १३:२३