सिभिल लघुवित्तले १० प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल लघुवित्तले १० प्रतिशत लाभांश वितरण गर्ने



सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्षा ७५/७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशतले हुन् आउने ५७ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशतले हुन् आउने ५७ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ११:४४