वोमी लघुवित्तको सेयर लिलामी बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वोमी लघुवित्तको सेयर लिलामी बिक्री खुला



काठमाडाै । वोमी लघुवित्त वित्तीय संस्थाले सोमबार (असोज ६ गतेबाट) १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । नेप्सेमा आइतबार वोमीको अन्तिम कारोबार भने प्रतिकित्ता १ हजार १२८ रुपैयाँमा भएको छ ।

आवेदन दिने अन्तिम म्याद असोज १३ गतेसम्म हुनेछ । कम्पनीले यसअघि साउन ९ गतेदेखि भदौ ११ गतेसम्म १० लाख १० हजार ८८० कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख २३ हजार २१३ कित्तामा आवेदन पर्न सकेको थिएन ।

नबिकेको हकप्रद सेयर अहिले लिलामीमा प्रक्रियामा ल्याइएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा वोमी लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ११:३८