सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नशा रहित समाज नेपाललाई बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ ।

लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभाव बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ०८:२०