जनता बैंकले १२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकले १२ प्रतिशत लाभांश दिने



काठमाडाै । जनता बैंकले १२ प्रतिशत लाभांश दिने भएको छ । ५ असोज बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई दिने भनेको लाभांशमा ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३१ करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ९६ करोड ९४ हजार रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

बैंक संचालक समितिले प्रश्ताव गरेको लाभांश भने नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ । लाभांश लिदा सेयरधनीले तिर्नुपर्ने कर भने बैंकले प्रदान गर्ने नगद लाभांशबाट कट्टि गरिने बैंकले जानकारी दियो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ०७:०६