काठमाडाै । राजधानीको ओम अस्पतालमा पत्थरीको अप्रेसनपश्चात एक युवतीको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशनपश्चात मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको शनिबार पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि वार्डमा सारेको ६ घण्टापछि गुरुङको मृत्यु भएको बताइएको छ ।
केही समय अघि पनि सो अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि एक महिलाको मृत्यु भएको थियो ।
Comment