आरम्भ माइक्रोफाइनान्सले बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

आरम्भ माइक्रोफाइनान्सले बोनस सेयर दिने



काठमाडाै । आरम्भ माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

सञ्चालक समितिको असोज ५ गते सम्पन्न बैठकले ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १२:३७