आईएमई जनरलको बीमा दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमई जनरलको बीमा दावी भुक्तानी



काठमाडौं । आईएमई जनरल ईन्स्योरेन्सले पोखराको आगलागीमा भएको जोखिमको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले गत साउन २८ गते पोखरामा विद्युत सर्ट भई आगलागिमा परेको युनिक होम डेकोेरेसनलाइ ३१ लाख ५० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले शनिबार पोखरा उद्योग वाणिज्य संघको अधिवेसनमा युनिक होम डेकोरेसनमा प्रोप्राईटर लिलाधर ढुंगानालाई उक्त दावी भुक्तानी हस्तान्तरण गरेको हो ।

पोखराको मिनी मार्केट कम्प्लेक्समा भएको आगलागीबाट ३० ओटा पसल र २ ओटा कार्यालय पुर्ण रुपमा ध्वस्त भएका थिए ।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १२:३२