काठमाडाै । सिटिजन लाइफ इन्याेरेन्सले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारणसभा आब्हान गरेको छ ।
इन्याेरेन्सले असोज २९ गते दिउसो ३ बजे होटल हिमालयन, कुपण्डोल, ललितपुरमा साधारणसभा बोलाएको हो ।
इन्याेरेन्सले साधारण सभामा चुक्ता पूँजी बृद्धि गर्न आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको हो ।साधारणसभाले खाली रहेको एक सञ्चालक समिति सदस्यकाे समेत चयन गर्ने छ ।
Comment