५० अंकले उक्लिएको शेयर बजार , १८ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

५० अंकले उक्लिएको शेयर बजार , १८ अंकले घट्यो



काठमाडाै । दुई दिन लगातार बढेर करिव ५० अंकले उक्लिएको शेयर बजार बिहीबार तल झरेको छ । साताको अन्तिम कारोबार दिन १८ अंक घटेर बन्द भएको छ।

दिनभरीमा १६६ कम्पनीका ३९ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ। ट्रेडिङ र सामूहिक लगानी कोष बाहेक सबै सूचक घटेका छन्।

बाणिज्य बैंकहरुको सूचक करिव १५ अंकले ओर्लिएको छ भने बीमाका दुबै सूचक १०५ अंकले झरेका छन्। दिनभरीमा सबैभन्दा धेरै कारोबार शिभम् सिमेन्टको ५ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। प्रभु बैंकको २ करोड ६७ लाखको शेयर कारोबार भएको छ।

समता लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्त र स्पर्स लघूवित्तको सर्वाधिक ८ प्रतिशतले घटेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी गर्न उत्प्रेरित गरेको भन्दै बढेको बजार बिहीबार झरेको हो।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १५:२६