गभर्नरको चेतावनी- आइटीमा लगानी नबढाए चार बर्ष लगाएर कमाएको नाफा एकै मिनेटमा गायब होला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गभर्नरको चेतावनी- आइटीमा लगानी नबढाए चार बर्ष लगाएर कमाएको नाफा एकै मिनेटमा गायब होला



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सूचना प्रविधिमा लगानी बढाएर नाफा कमाउन बैंकहरुलाई सुझाब दिएका छन। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरेको वित्तीय क्षेत्रमा साइबर अपराध सम्बन्धित कार्यक्रममा बोल्दै गभर्नर नेपालले प्रविधिमा लगानी नबढाए जोखिम बढ्ने चेतावनी दिए। गभर्नर नेपालले ‘आइटीमा लगानी नबढाए चार बर्ष लगाएर कमाएको नाफा एकै मिनेटमा गायब होला’ ।

२० दिनअघि भएको चिनियाँ ह्याक प्रकरणलाई संकेत गर्दै गभर्नर नेपालले भने, केही साता अघि नेपालका केही बैंकको एटीएमबाट भएको चोरीको घटनापछि नेपालको बैंकिङ क्षेत्र कति सुरक्षित छ भन्ने बहस चलिरहेको छ ।

वित्तीय क्षेत्रमा साइबर आक्रमण जुनै बेला हुन सक्ने भएपनि प्रविधिमा लगानी बढाएर सुरक्षित रुपले बैंकिंङ गर्नुपर्ने उनले बताएका छन। प्रविधिमा गरिने लगानी बैंक वित्तीय संस्थाको नाफाकै लागि भएकाले प्रविधिमा लगानी बढाउनुको विकल्प नभएको उनले बताए।

गभर्नर नेपालले नाफा बढाउँनलाई मात्रै नभई सर्वसाधरणको सम्पति सुरक्षाका लागि पनि बैंकहरुले प्रविधिमा लगानी बढाउनु पर्ने बताए। ‘बिश्वभर नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन तर हामीलाई थाहा छैन भन्ने छुट कसैलाई छैन’ उनले भने। केही साता अघि नेपालका केही बैंकको एटीएमबाट भएको चोरीको घटनापछि नेपालको बैंकिङ क्षेत्र कति सुरक्षित छ भन्ने बहस चलिरहेको छ । यही सन्दर्भमा नेसनल बैंकिङ इन्स्टिच्युटले तालिम आयोजना गरेको हो । लगभग सबै बाणिज्य बैंकका आईटी प्रमुखलाई साईबर सुरक्षाबारे जानकारी दिन यस्तो कार्यक्रमको आयोजना गरिएको एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताए ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १६:००