नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने



काठमाडौ । नागरिक लगानी कोषको आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो कोषको २४ औं साधारण सभा हो । सभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको छ ।


सभामा कोष सचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आ.ब २०७४÷७५ को प्रतिवेदन पेश गरे । कोषले हाल सम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमहरुको बारेमा उनले प्रकाश पारे ।

साथै कोषको वचत परिचालन, लगानी व्यवस्थापन, पँुजी बजार सेवा, बैक तथा वित्तिय संस्थामा रहेको निक्षेप असुली, लगानी नीति २०७५ को बारेमा समेत चर्चा गरे । आम नागरिकलाई समेट्ने गरी नयाँ वचत कार्यक्रम ल्याउन कोष क्रियाशिल रहेको विचार व्यक्त गर्नुहुदैं लगानी नीति २०७५ ले काष्ोको लगानीलाई पारदर्सी र प्रतिफलमुखी बनाएको धारणा राखे ।


सभामा शेयर धनीले उठाउनु भएका विविध बिषयमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्बोधन गरे । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रबाह विवरण पारित गरेको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ०८:२८