अब चेक नकाटी सीधै एक बैंकबाट अर्को बैंकमा पैसा भुक्तानी हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब चेक नकाटी सीधै एक बैंकबाट अर्को बैंकमा पैसा भुक्तानी हुँने



काठमाडौं । चेक नकाटी सीधै एक बैंकबाट अर्को बैंकमा पैसा भुक्तानी गर्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको आइतबारबाट औपचारिक रुपमा सुरु गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।

आरटीजीएसको गभर्नर डा. चिरञ्जीवी नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

यस प्रणालीको आइतबार उद्घाटन गर्दै गर्भनर नेपालले भुक्तानी प्रणालीको नयाँ युग सुरुवात भएको बताए । साथै, आरटीजीएस प्रणाली भुक्तानी प्रणालीकै मुटु भएको समेत उनले उल्लेख गरे । गभर्नर नेपालले आरटीजीएस प्रणाली तोकिएको निर्धारित समयबाटै सुरु गर्न सकिएको बताउँदै भने, ‘अब चेक नकाटी ठूलो रकम रिलय टाइममा भुक्तानी हुने जानकारी दिए ।

माछपुच्छ्रे बैंक, इन्भेष्टमेन्ट बैंकले २० करोडको भुक्तानी गरेर यसको सुरुवात गरेका छन्।

मनी लाण्डरिङ र आतंकवादी ले गर्न सक्ने आर्थिक कारोवारलाई यसले नियन्त्रण गर्ने छ। यो जटिल कार्य निक्कै ठूलो प्रयत्नबाट मात्र सम्भव भएको हो ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १२:४६