मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार घरदैलो कार्यक्रमको आयोजना गरेको छ । बैंकको महाराजगंज शाखा कार्यालयले शनिबार विहान ८ बजेदेखि कुकेधारा चोकबाट मण्डीखाटारसम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकमा खाता खोल्नुको महत्व, यसले सामान्य जिवनमा पार्ने प्रभाव लगायतका विषयमा ग्राहकहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममार्फत बैंकमा खाता नभएका ग्राहकहरुको बचत खाता समेत खोलिदिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा महाराजगंज शाखा कार्यालयकी शाखा प्रबन्धक सृष्टी पोख्रल सहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १२:१०