अब बीमा अभिकर्तालाई प्यान अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब बीमा अभिकर्तालाई प्यान अनिवार्य



बीमा अभिकर्ताहरुका लागि प्यान ‘स्थायी लेखा नम्बर’ अनिवार्य गरिएको छ । प्यान नभएका अभिकर्ताले अबदेखि बीमा गराएबापत आउने कमिसन रकम नपाउने भएका छन् । प्यानलाई अनिवार्य गर्दा एउटा व्यक्तिले आर्जन गरेको सम्पूर्ण आम्दानी प्यानमा देखिन्छ ।

अभिकर्ताले कमिसनबाट हुने आम्दानीबाट १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । उनीहरुले कमिसन कर कट्टी भएर आउँछ । अभिकर्ताले बीमा कमिसनसहित अन्य क्षेत्रबाट आर्जन गरेको आयबाट आम्दानीको न्युनतम सिलिङ नाघ्ने अवस्थामा कमिसन बापतको आर्जन र अन्य आम्दानीलाई समेत जोडेर खुद आम्दानीको रुपमा गणना गरिन्छ ।

यदि खुद आम्दानी व्यक्तिगत आयको सिलिङ नाघ्ने अवस्था आएमा कमिसन बापत अग्रिम रुपमा भुक्तानी भएको १५ प्रतिशत करलाई जोड्न पाइन्छ । सिलिङ नाघेबापतको करमा अग्रिम रुपमा भुक्तानी भएको कमिसन बापतको करलाई जोडेर नपुग रकम मात्रै करको रुपमा भुक्तानी गर्नुपर्छ ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार ०७:२९