बीमा गर्नेको संख्या २६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा गर्नेको संख्या २६ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ मा १२ लाख १ हजार ४६३ व्यक्तिले जीवन बीमा गरेका छन् । यो अघिल्लो आव २०७४/७५ को तुलनामा झन्डै साढे २ लाख (२५ दशमलव ९७
प्रतिशत) बढी हो ।

अघिल्लो आवसम्म बीमाको पहुँच १४ प्रतिशत नेपालीमा पुगेको थियो। एउटै व्यक्तिले दुईभन्दा बढी बीमालेख लिने हुँदा दोहोरिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने अन्तरराष्ट्रिय प्रावधान छ ।

समितिले पनि सोही प्रावधानअनुसार बीमाको पहुँच गणना गरेको हो । साथै, चालू आवमा बीमाको पहुँच २५ प्रतिशत नेपालीमा पुयाउने लक्ष्य लिइएको छ । २ वर्षअगाडि १० जीवन बीमा कम्पनी थपिएपछि र नियामक निकायले पूँजी बढाउनेजस्ता नीति ल्याएपछि बजारमा प्रतिस्पर्धा बढेको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २३ भाद्र २०७६, सोमबार ०८:०५