आरएसडिसी लघुवित्तले कति दिनभो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएसडिसी लघुवित्तले कति दिनभो लाभांश ?



काठमाडाै । आरएसडिसी लघुवित्तको गत आर्थिक वर्ष २०७५/०७६ बाट शेयरधनीहरुलाई कूल १६ लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

लघुवित्त सञ्चालक समितिको ८७ औं बैठकले बैंकको २०७६ असार मसान्तसम्म कायम सञ्चित मुनाफाबाट चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँको ६ प्रतिशत बराबरको ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँको बोनस र १० प्रतिशत बराबरको ६ करोड ३३ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश गरि कूल १० करोड १३ हजार ६१ हजार ९२० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ११:३८